उपमयेर खड्गीमाथि व्यवसायीहरुद्वारा आक्रमण
काठमाण्डु महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका छन् ।
काठमाण्डु महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।
उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएको बुझिएको छ ।
तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।