खडेरीले असारे बाली प्रभावित , किसान मारमा
धन बहादुर बिक /पुनर्वास,कञ्चनपुर ।
खडेरीले रोपेको धान पनि सुक्दै जान थाल्यो , समयमा पानी नपर्दा महङ्गो ईन्धन र महङ्गो श्रोत साधन प्रयोग गरि रोपेको बाली सुक्न थालेपछि कञ्चनपुर को दक्षिणी क्षेत्रका किसानहरू समस्या मा परेका छन । असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी तिब्र खडेरी बढ्न थालेपछि किसान हरू समस्या मा परेका हुन ।
उच्च खडेरीले सिचाइका लागि प्रयोग गरिने बोर्डिङ बाट पानी समेत कम अाउने गरेको पुनपा ६ का किसान श्यामकुमार लामाले बताए । यता एकसाता अघि रोपेको थुप्रै किसानहरूका धान सुक्दै गईरहेको कृषक तथा पुनपा ४ का वडा अध्यक्ष प्रेम बस्नेतले बताए ।
पानिको पर्खाई र बोर्डिङको पर्खाईमा बसेका कतिपय किसानको धान को उखेलको बीउ समेत सुकेर गएको पुनपा ७ पराशनका कृषक बनवारी रानाले बताए । मानो रोपेर मुरी उब्जाउने बेला असार को ८ गते बितिसक्दा पनि पानी पर्न नसकेपछि किसानहरू रूनुन हास्नु भएका छन भने अाकासे पानीको भरमा रोपाइ गर्ने अधिकांस किसानहरूले एक सर्को पनि रोप्न पाएका छैनन ।
एकातिर समयमा पानी नपर्दा किसानहरू मर्कामा परेका छन भने प्रचण्ड गर्मीका कारण सर्वसाधारण , स्थानीय व्यापारी उधोगी , साना बिध्यार्थि , कर्मचारी गर्मिले समस्या मा परेका छन मान्छे हरू अत्य अावस्यक काम बाहेक साझ र बिहान बाहेक घरबाट बाहिर अावतजावत गर्न छाडेका छन । सर्वसाधारण हरू को न्यून उपस्थिति ले बजारमा व्यवसाय समेत घटेको पुनपा ६ प्रतिभानगरका फ्यान्सि पसले प्रेम थापाले बताए ।