कार्तिक १ गतेदेखि खादा निषेध गरिदै  - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

कार्तिक १ गतेदेखि खादा निषेध गरिदै 



प्रसाद लो / सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ ले आगामी कार्तिक १ गतेदेखि खादा निषेध गर्ने निर्णय गरेको छ । वडा कार्यालयले सूचना प्रकाशित गर्दै आगामी कार्तिक १ गतेदेखि सार्वजनिक कार्यक्रमहरुमा खादा प्रयोग गर्न नपाउने गरि निषेध गरिएको जनाएको छ ।

सुनकोशी गाउँपालिका वडा नम्बर १ वडाध्यक्ष नेत्र बहादुर कार्कीले सार्वजनिक कार्यक्रमलाई कम खर्चिलो बनाउन र अनावश्यक आयात रोक्न खादालाई निषेध गरिएको बताउनुभयो ।

आदिवासी जनजातिहरु माझ खादाको ठूलो साँस्कृतिक महत्व रहेको र यसलाई प्रतिबन्ध लगाउनु उचित नभएको आदिवासीजनजाती अगुवाहरुले बताएका छन ।

खादा आदिवासी जनजातीहरुको प्राचीन संस्कार,संस्कृति, शान्ति,मित्रता,पवित्रताको प्रतीक हुनका साथै यसले कसैलाई पनि बाधा नपुरयाएको हुँदा यसलाई विभिन्न वाहनामा निषेध गर्न खोजिनु उपयुुक्त नभएको नेपाल तामाङ घेदुङ प्रदेश ७ का संयोजक दिलिप तामाङ बताउनुहुन्छ ।

यसैबिच खादालाई निषेध गरिएकोमा विभित्र जातीय संगठनहरुले विरोध जनाएका छन ।