पूर्व राजदुत मृत फेला, हत्या कि मृत्यु ? - Himal Post Himal Post
  • १३ बैशाख २०८२, शनिबार
  •      Sat Apr 26 2025
Logo

पूर्व राजदुत मृत फेला, हत्या कि मृत्यु ?



काठमाडौं । पूर्व राजदुत केशवराज झा आफ्नै निवासमा मृत भेटिएका छन् । फ्रान्सको लागि नेपालका राजदुत रहिसकेका झा आफ्नो निवासमा श्रीमती र एक सहयोगीका साथ बस्ने गरेका थिए ।

८० वर्षिय झा थापाथलीस्थित घरकै ओछ्यानमा रगत लत्पतिएको अवस्थामा मृत भेटिएका थिए ।  उनको टाउकोमा धारिलो हतियार प्रयोग भएको देखिएकोले पनि हत्याको आशंका रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

झाका एक छाेरा र एक छाेरी छन्। छाेरा किरणराज अारयल्यान्ड बस्छन्।

परिवारका सदस्यले घटनाबारे बिहान करिब ६ बजे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।