यस्तो छ कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा विजयी हुनेको विवरण - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यस्तो छ कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा विजयी हुनेको विवरण



काठमाडौँ- कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ। कांग्रेस खुलातर्फ छानिने ३५ जना केन्द्रीय सदस्यमध्ये सशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएर विजय प्राप्त गरेका छन्।

त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीले पनि खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा भारी मतका साथ विजय हासिल गरेका छन्।

त्यसैगरी शंकर भण्डारी, जिप छिरिङ शेर्पा, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापाले पनि केन्द्रीय सदस्यमा जित हात पारेका छन्। त्यस्तै डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, सञ्जयकुमार गौतम, प्रा डा गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझीलगायतले पनि केन्द्रीय सदस्यमा जित हात पारेका छन्।

यद्यपि विजेताहरुको अन्तिम सूची भने सार्वजनिक भइसकेको छैन।