दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पनि कोरोना संक्रमण - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पनि कोरोना संक्रमण



काठमाडौं : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना पुष्टि भएको छ।

उनले आज एक ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। आम आदमी पार्टी (आप) प्रमुख उनी घरमा आइसोलेशनमा बसेका छन्। उनले पछिल्ला केही दिनमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेट गर्न र कोरोनाको परीक्षण गराउन आग्रह गरेका छन्।

‘मैले कोभिडको परीक्षण गरेको छु र कोभिड देखिएको छ। अहिले घरमै आइसोलेसनमा बसिरहेको छु पछिल्ला केही दिनमा जो मसँग सम्पर्कमा आएका छन्, कृपया आफूलाई अलग गर्नुहोस् र आफ्नो परीक्षण गराउनुहोस्,‘ केजरीवालले ट्वीट गरेका छन्।