केजरीवाललाई कोरोना संक्रमणको आशंका : परिक्षण हुँदै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

केजरीवाललाई कोरोना संक्रमणको आशंका : परिक्षण हुँदै



एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कोरोना भाइरस परीक्षण हुने भएको छ।

केजरीवालमा ज्वरो र घाँटी दुख्ने समस्या देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

हाल केजरीवाल सेल्फ–आइसोलेसनमा छन्। कोरोनाको प्रभाव कम हुँदै गएपछि आइतबार मात्र दिल्लीको सबैतिरको सिमाना खोलिएको छ।

त्यहाँ आर्थिक गतिविधि बढाउन होटलहरु खोलिएको छ। यसबीचमा केजरीवाललाई ज्वरो आएको हो।

दिल्लीमा हालसम्म २८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ। तीमध्ये ८१२ को मृत्यु भएको छ।

पछिल्लो समय भारतमा कोरोना तीव्र गतिमा बढ्दै गएको छ। गएको २४ घण्टामा भारतमा ९ हजार ९८३ नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतमा २ लाख ५६ हजारमा कोरोना भाइरस पुष्टि हुँदा ७ हजारभन्दा बढीको ज्यान गएको छ।