मोदीलाई टक्कर दिने केजरीवालको सम्पत्ति बैंकमा ९ रुपैयाँ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मोदीलाई टक्कर दिने केजरीवालको सम्पत्ति बैंकमा ९ रुपैयाँ



काठमाडौं- आम आदमी पार्टी हुँदै राजनीतिमा प्रवेश गरेर दिल्लीको मुख्यमन्त्री बन्न सफल अरविन्द केजरीवालले सम्पत्ति विवरण पेश गरेका छन् ।

दिल्लीमा हुन गइरहेको विधानसभाका लागि उम्मेदवार दर्ता गर्ने क्रममा केजरीवालले व्यक्तिगत विवरणसँगै आफ्नो सम्पत्ति विवरण पनि पेश गरेका छन् ।

केजरीवालले बुझाएको सम्पत्ति विवरणमा पछिल्लो ५ वर्षमा उनको सम्पत्तिमा १.३ करोड भारतीय रुपैयाँले वृद्धि भएको छ । सन् २०१५ मा केजरीवालसँग जम्मा २.१ करोड थियो । उक्त सम्पत्ति बढेर हाल ३.४ करोड भारु पुगेको छ ।

मुख्यमन्त्री केजरीवालकी पत्नी सुनिता केजरीवालको सम्पत्ति बढेर ५७ पुगेको पेश गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । आम आदमी पार्टीका एक नेताका अनुसार स्वैच्छिक सेवानिवृत्ति लाभबापत प्राप्त ३२ लाख भारतीय रुपैयाँका कारण सुनिताको सम्पत्ति बढेको बताएका छन् ।

सुनितासँग ५ वर्षअघि नगद र बैंकमा गरी १५ लाख थियो । हाल उक्त रकम बढेर ५७ लाख पुगेको छ ।

सन् २०१५ मा केजरीवालसँग नगद तथा बैंक खातामा २.२६ भारु थियो । हाल उनीसँग नगद र बैंक खातामा गरी ९.६५ रुपैया रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै सम्पत्ति विवरण अनुसार सुनिताको अचल सम्पत्तिमा कुनै फेरबदल भएको छैन । तर अरविन्द केजरीवालको अचल सम्पत्ति बढेर १७७ लाख पुगेको छ । ५ वर्षअघि उनीसँग ९२ लाख बराबरको अचल सम्पत्ति थियो ।

अचल सम्पत्तिको मूल्यमा वृद्धि भएकाले अचल सम्पत्ति १७७ लाख पुगेको आम आदमी पार्टीले बताएको छ ।