दिल्लीका ७० सिट मध्य ६३ मा केजरीवाल, भाजपाको जम्मा दुई - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

दिल्लीका ७० सिट मध्य ६३ मा केजरीवाल, भाजपाको जम्मा दुई



एजेन्सी- दिल्लीको विधानसभाको निर्वाचन पछि विभिन्न एक्जिटपोलको आकडा अनुसार आम आदमी पार्टी पुनः सत्तामा पुग्ने देखिएको छ ।

७० सदस्यीय दिल्लीको विधानसभामा बहुमतका लागि ३६ विधायकको आवश्यकता पर्दछ ।

विभिन्न समाचार संस्थाले लिएको एक्जिटपोलको आकडा अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्व भएकोे आम आदमी पार्टीको निर्णायक बहुमत देखिएको छ ।

एबीपी न्यूज तथा सी भोटरको एक्जिट पोलका अनुसार आम आदमी पार्टीले ४९ देखि ६३ सीट ल्याउने आकडा देखिएको छ । यसैगरी टाइम्स नाउ तथा इप्सोसको सर्भेमा ४७ सीट ल्याउने देखिएको छ ।

यस्तै टीभी ९, भारत वर्ष र सिसेरोको सर्भेमा आपलाई ५४ सीट दिइएको छ । आजतकका अनुसार आम आदमीलाई ५९ देखि ६८ र बीजेपीलाई २ देखि ११ सीट दिइएकाे छ ।

एक्जिटपोलमा बीजेपीलाई दोस्रो स्थान दिइएको छ । तर, पहिलेभन्दा केही सुधार बीजेपीलाई भएको छ । एबीपी न्यूजका अनुसार बीजेपीले ५ देखि १९ सीट र कांग्रेसले ० देखि ४ सीट ल्याउने आकडा देखिएको छ ।

इन्डिया न्यूजका अनुसार बीजेपीलाई ११ देखि १७ सीट दिइएको छ । कांग्रेसलाई ० सीट दिइएको छ । मत गणनाको नतिजा मंगलबार आउने बताइएको छ।