अत्यावश्यक नियुक्तिहरु गरेर सकियो मन्त्रिपरिषद बैठक - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

अत्यावश्यक नियुक्तिहरु गरेर सकियो मन्त्रिपरिषद बैठक



काठमाडौँ– सोमबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक आइतबार आकस्मिक रुपमा डाकिएपछि विभिन्न अड्कलबाजी गरिएको थियो । तर अड्कल गरिएअनुसार मन्त्रिपरिषद्ले कुनै त्यस्तो निर्णय नगरेको एक मन्त्रीले बताएका छन् ।

ति मन्त्रीका अनुसार बैठकले केही निकायहरुमा नियुक्ति गर्ने निर्णय गरेको छ । बैठक आकस्मिक रूपमा बोलाएजस्तो कुनै छलफल नभएको उनको दाबी थियो ।

नियमित रूपमा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्‌को बैठक प्रधानन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १२ बजेका लागि आकस्मिक बोलाएका थिए।

नेकपा स्थायी कमिटीले दिएको सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर हुनसक्ने चर्चा र तयारी भएपनि बैठकमा त्यसबारे कुनै छलफल नै नभएको ति मन्त्रीले जनाकारी दिए ।

केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएको बताइएको छ । मन्त्रिपरिषद् बैठकअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

मन्त्रिपरिषद् पुनः गठनबारे ओली–दाहालबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ।