देशका केहि भागमा लकडाउन कायम रहने - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देशका केहि भागमा लकडाउन कायम रहने



काठमाडौं – सरकारले लकडाउन खुकुलो बनाउने भनेपनि पूर्णरुपमा कार्यान्वयन नहुने भएको छ । सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा लकडाउन गरिने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण सम्बन्धी नयाँ मापदण्ड जारी गर्दै जिल्लामा २ सय बढी संक्रमित रहेको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने जनाएको हो ।

मन्त्रालयले संक्रमण जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका उपाय अवलम्बन गर्ने जनाएको छ ।

त्यस्तै मन्त्रालयले लकडाउन खुकुलो भएसँगै सबै किसिमको जमघट र भेटघाटमा कम्तिमा ६ फिटको दूरी कायम गर्न भनेको छ।

साथै मास्कको प्रयोग र साबुन पानीले अनिवार्य हात धुन पनि सुझाएको छ । मापदण्डमा आधारभूत र स्वास्थ्यगत रुपमा पालना गर्नुपर्ने नियमहरू पनि सुझाइएको छ ।