के प्रधानमन्त्रीले सम्बोधन गर्लान त भारतमा बस्ने नेपालीका समस्या ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

के प्रधानमन्त्रीले सम्बोधन गर्लान त भारतमा बस्ने नेपालीका समस्या ?



धर्मराज भट्टराई /नयाँ दिल्ली ।

विश्वका अन्य देशमा फ्री भिसा फ्री टिकट को नारा लगाई रहेको नेपाल सरकारले छिमेकी मुलुक भारतमा बस्ने लाखौँ नेपालीका समस्याहरू सम्बोधन गर्न सकेको छैन । जन्मेको देशमा जीविकोपार्जन नचलेपछि पलाएन भएका सुदुरपश्चिमका साथै सिङ्गो नेपालका दाजुभाइ दिदी बहिनीहरू भारतीय हेपाहा प्रवृर्तिका सिकार भएका छौ।

दुख सुख र खाई नखाई गरी कमाएको पैसा घरपरिवार सम्म पुर्‍याउन समस्या छ। आफै कमाएको पैसा घर सम्म पुर्‍याउन घर जाने बेला बाटोमा लुटपाट हुने डर छ। लुटेरा बाट बचे पनि सिमानामा भारतीय दलालबाट लुटिएका खबरहरू बेला बेला सञ्चार माध्यममा आइरहेका हुन्छन् । यति हुदाहुदै पनि नेपाल सरकारबाट सही कदम नचाल्नु दुखद कुरा हो।

केही वर्ष यता भारत र नेपाल का केही बैंकहरुको साझेदारीमा भारतमा रहेका युनाइटेड बैङ्क अफ इन्डिया र अाइडिबिई बैकले नेपाल पैसा पठाउन सक्ने सजिलो कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेको छैन। बैङ्कबाट पैसा पठाउँदा बैङ्कमा अनिवार्य रूपमा खाता हुनु पर्ने र नेपालीको बैङ्कमा बढ्दो चापले अनेक बहानामा त्यतिकै फर्काउने गर्छन् बैक कर्मचारी ।

भारत सरकारले डिजिटल इन्डियाका साथै कैशलेस इन्डिया अभियानले नेपालीलाई अझ समस्यामा हालेको छ काम गर्ने ठाउँमा पनि नगद नदिई बैक मार्फत नै  तनखा  दिने गरेपछि मेहनतको पैसा पाउन पनि गाह्रो छ।

यता बैकमा खाता खोल्न, सिम कार्ड निकाल्न र अन्य सेवासुविधा पाउन भारतीय पहिचान पत्र ,आधार कार्ड ,पिन कार्ड या ड्राइबिङ लाइसेन्स हुनु जरुरी हुन्छ । तर ती प्रमाणपत्र बनाउन भारतीय हुनु जरुरी हुन्छ ।बर्सौँ देखि भारत बस्दै आएकाले ती प्रमाण प्राप्त गरे पनि भारतीय हु भन्नु पर्ने बाध्यता छ । सबैसँग भारतीय प्रमाण नहुँदा र नेपाली नागरिकता लाई भारत सरकार ले मान्यता नदिँदा नेपाली हरू ले समस्या खेप्नुपरेको छ।

इन्टरनेट र प्रविधिले विश्वलाई सानो बनाइदिएको छ  । सामाजिक सञ्जाल फेसबुक , टुईटर, भाईबर वाट्सपले अाफन्तहरु सङ्गको दुरी कम गरेको छ । तर भारत लगायत बिश्वब्यापी छरिएका नेपाली लाई प्रत्यक्ष फाइदा भएको देखिँदैन । किनभने नेपालको सबैठाउमा इन्टरनेट को पहुँच छैन त्यही भएर हामीले टेलिफोनको माध्यमले आफन्त सँग जोडिएका छौ ।

तर भारत मा बस्ने नेपाली हरूले यो सुविधालाई पनि अात्मासात गर्न सकेका छैन कारण भारतबाट लाग्ने कल रेट दर भारत को कुनै पनि नेटवर्कबाट नेपाल फोन गर्दा प्रतिमिनेट १२.५ पैसा भारु यानि २० रुपैयाँ नेपाली लाग्छ । यो चर्को कल दरले गर्दा नेपालमा बस्ने अामाबुवा श्रीमती छोराछोरीहरू सित भलाकुसारी महिना दिनमा एक दुई चोटि गर्नु पर्ने बाध्यता छ।

तर नेपाल सरकार यी समस्याबाट अनजान त पक्कै छैन तर मौनब्रत किन बसेको छ सरकारलाई नै थाहा होला। देशमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारत जाने परम्परागत त चलिआएको छ र त्यही परम्परागतलाई निरन्तरता दिने प्रधानमन्त्री ज्यु लाई यी माग कयौँ पटक राखिएहोलान तर कसैले समाधानको लागि पहल पनि गरेन । यो पालि पनि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा आउने तरखरमा छन् भन्ने सुनेको छु। त्यसैले सम्पूर्ण नेपाली मिडिया जगतले यी मागहरू सम्प्रेषण गर्छ्न भन्ने आशा भारतमा बस्ने नेपालीले लिएका छन्।