के नेपाल राजकीय भ्रमणको लागी असुरक्षित भएकै हो त ? - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

के नेपाल राजकीय भ्रमणको लागी असुरक्षित भएकै हो त ?



-पुष्प थापा

संसारको बदल्लिदो अवस्था र परिस्थितिमा मानिसको जीवन स्तर समृद्धिको दिशा तीर उन्मुख भएको छ विकासको गति सँगै विलासी जीवन शैलीको पनि विकास हुने गर्दछ। समृद्ध सुखी र शक्ति वान व्यक्तित्वलाई अब धेरै असुरक्षित भएको प्रमाणित राष्ट्र प्रमुख तथा सरकार प्रमुखको विदेशमा राजकीय भ्रमणमा जाँदा सम्म आफ्नै सुरक्षा कर्मी लिएर जाने चलनले सिद्ध गर्दैछ। पहिले पहिले अमेरिकन राष्ट्रपतिले मात्र यस्तो गर्ने गर्दथे। तर अहिले संसारका धेरै महत्त्वपूर्ण र शक्तिशाली मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले राजकीय औपचारिक भ्रमणमा आफ्नो सुरक्षा कर्मी आफै लिएर जाने चलनको क्रम बढ्दो छ।

संसारमा जे जति आधुनिक विज्ञान र प्रविधिको विकासको प्रयोगले सहज र बलियो बन्दैछ।विश्व भरी फैलिएको व्याप्त अतिवादी आतंकबादबाट असुरक्षित बन्दै गई रहेको छ।अन्तर्राष्ट्रिय आतंकबादबाट विश्वको मानव समुदाय नै धेरै पीडित बनी सकेको छ। त्यसैले अमेरिकन राष्ट्रपति डोनाल ट्रम, भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी,चीनको राष्ट्रपति सी चिनफिंग, प्रधानमन्त्री ट्रेसा मे, जर्मन चान्सलर अन्गेला मर्केल, फ्रेन्च राष्ट्रपति एमैनुएल मैक्रों, रुसी राष्ट्रपति व्लादिमीर व्लादिमीरोविच पुतिन जस्ता शक्ति शाली मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखहरूको औपचारिक राजकीय भ्रमण हुँदा आफ्नै सुरक्षा क्रमी लिएर जाने गर्न थालेका छन्।

नेपालमा अहिले हुन लागी रहेको बिमस्टेक राष्ट्रको शिखर सम्मेलनमा आउने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो सुरक्षा कर्मी लिएर आउनु कुनै आश्चर्य र नौलो विषय होइन। यो अब अन्तर्राष्ट्रिय प्रचनको रूपमा विकास भइसकेको छ। भीभीआईपी सुरक्षा जस्तो अति संबेदनशिलको मामलामा संसारका सबै मुलुकहरुका सरकारको जिम्मेवार र नागरिकहरू सचेत हुन अति आवश्यक रहेको छ। त्यसैले नेपाल सरकारको अनुमति र सहमतिमा नै भारतीय सेना नेपाल आएका हुन नकी नेपाली सुरक्षा कर्मीहरूलाई असक्षम र अवमूल्यन नै गरेर हो यो त अहिले अन्तर्राष्ट्रिय प्रचलन नै भई सक्यो।

नेपाल र भारतको खुला सीमा भएको कारणले पनि अन्तर्राष्ट्रिय आतंकबादको प्रभाव नेपाल पनि हुन सक्ने शंखा उत्पन्न हुने सोचाई अझ धेरै बढ्दै गएको छ।अर्को कुरा नेपालमा बढ्दै गएको बेरोजगार र अपराधिकरणले अझ धेरै सशंकित बनाउँदै गई रहेको छ।आतंकबादको सिर्जनाको स्रोत गरिबी, राजनीतिक अस्थिरता, धार्मिक तथा जातीय द्वन्द्व नै प्रमुख हुने गर्दछन्। त्यसैले हामी नेपालीहरूले नेपाल जे जति सुरक्षित छौ र नेपाल सुरक्षित देश हो भन्ने शान्तिको व्याकुल फुके पनि बाकी विश्वको तस्बिरको दृश्यमा यस्तो छैन।

दश बर्से जनयुद्धमा १७ हजार निर्दोष नेपाली नागरिकहरूले ज्यान गुमाए भने हजारौँ अंगभंग भएका पीडित नेपालीहरू अझै आफ्नो नरकीय जीवन यापन गर्दै छन्। हरेक दिन जस्तै बलात्कार र अपरण जस्ता जघन्य अपराधीकरणले नेपालको बाहिरी र भित्री आवरणको छवि धमिलो भई सकेको छ। जबर्जस्ती चन्दा, बन्द हडताल, चक्का जाम, जुलुस,धर्ना र बिखन्डीकरणका राष्ट्र द्रोही आवाजहरूले अन्तर्राष्ट्रिय जगतमा धेरै ठुलो असर पार्ने गर्दछन्। यी सबै नेपालको नामलाई विश्व मान चित्रमा अशान्तिको सङ्केत गर्ने कारकहरू हुन।

विगत केही समय पहिले कुरा गरौँ बहुचर्चित सुन तस्करी र हालैको कन्चनपुरको बालिका बलात्कार पछि हत्याको जघन्य अपराधमा नेपाली सुरक्षाक्रमी आफै संलग्न तथा खोज तलासमा पक्षपात भई अपराधलाई सुरक्षित गर्न खोज्ने अपराधले नेपालमा अझ धेरै साङ्गठनिक र सुरक्षित अपराधीकरणको बढ्दो विकास भएको देखिन्छ। अपराधलाई निरुत्साहिक गर्नुको साटो राजनीतिक करण गरी राजनीतिक पार्टीले अपराधीलाई कार्यक्रता तथा नेता बनाउने प्रचलनको विकास सँगै नेपालको शान्ति सुरक्षा अझ धेरै खस्किएको प्रमाण प्राप्त हुन्छ।

आफ्नो नागरिकलाई राम्रोसँग सुरक्षा दिन नसक्ने हाम्रो मुलुकले विदेशी पाहुनालाई कसरी सुरक्षा दिन सक्ला ? यो त सोचनीय प्रश्न समेत मात्र नभई उपयुक्त पनि हो ।

हामी नेपाली धेरै ईमान्दार र मेहनती छौ।विश्वासका पात्र पनि छौ तर हाम्रो आफ्नै व्यवस्थापनमा नभई अर्कोको कमाण्डमा यो तथ्य सथ्यले साबित गरिसकेको छ। जसको जल्न्त्त बल्द उदाहरण बेलायती सेना, भारतीय सेना र सिंगापुर र बुर्नाई प्रहरीमा हामीले हाम्रो बहादुरी देखाई सकेका छौ ।

हामीले पूर्वाधार विकासमा धेरै कडा मेहनत गर्न सक्छौ भन्ने मलेसिया र अरबका चिल्ला सडक ,गगन चुम्मी भवन, ठुला लामा पुल, विशाल संगशाला तथा विमानस्थल निर्माण गर्न सक्छौ तर हाम्रो नेतृत्वमा होइन ।अर्काको शासन व्यवस्थामा रहेर भन्ने पनि हामीले प्रमाणित गरी सकेका छौ।

हामी नेपालहरूको इतिहास सधैँ गौरवशाली रह्यो।हामी धेरै स्वाभिमान र राष्ट्र प्रेमी र देश भक्ति छौ। नेपालको सार्वभौम रक्षार्थ प्राण बलिदान दिन पनि तयार छौ तर हामीलाई बाटो देखाउने नेता र नेतृत्व दिने सरकार सधैँ भ्रष्ट मात्र हामी पायौ। त्यसैले हामी सधैँ गरिब मात्र भयौ।आज यो हाम्रो गरिबीको उपज भएकोले विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखले नेपाल आउँदा आफ्नो सुरक्षाकर्मी आफै लिएर आउने गर्दछ। यसलाई हामीले कुनै नौलो र आश्चर्य तथा आत्मग्लानि मान्नु पर्दैन।सहर्ष स्वीकार गरौँ।