केसीको समर्थनमा नेविसंघद्वारा दिल्लीमा दुतावास अगाडी प्रदर्शन - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

केसीको समर्थनमा नेविसंघद्वारा दिल्लीमा दुतावास अगाडी प्रदर्शन



नयाँ दिल्ली 

डा. गोविन्द के सीको आन्दोलनको समर्थन गर्दै भारतको नयाँ दिल्लीमा रहेको नेपाली दूतावास अगाडी प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घ, भारतको आयोजनामा गरिएको उक्त  विरोध प्रदर्शनमा जवाहरलाल नेहरु विश्वविद्यालय, दिल्ली विश्वविद्यालय तथा सी ए पढ्ने विद्यार्थीहरूले डा. गोविन्द के सी का मागहरू समयमा नै सम्बोधन गरी उहाँको जीवन रक्षाको माग गरिएका विभिन्न प्लेकार्डहरू बोकेका थिए।

नेपाल विद्यार्थी सङ्घ सम्बद्ध विद्यार्थीहरूको उपस्थिति रहेको सो प्रदर्शनमा नेपाल विद्यार्थी सङ्घ, भारतका अध्यक्ष अम्बिका प्रसाद जोशीको नेतृत्वमा ज्ञापन पत्र समेत बुझायिएको जानकारी ने बि सङ्घ भारतका वरिष्ठ उपाध्यक्ष  गिरु न्यौपानेले हिमाल पोस्टलाई बताए ।

सेभ डा.केसी ,सेभ द पुअर ,फेक कम्युनिष्ट गभर्मेन्ट सेम अन यु !स्टप फूलिग़  पिपल ,जस्ता सोच्न बाध्य बनाउने प्लेकार्डहरू बोकेर ने बि सङ्घ भारतका उपाध्यक्ष आशिष् न्यौपाने, फर्सु भण्डारी, सुजन नेपाल, सरोज अर्याल, दिवाकर पाण्डे, दिल्लीने बि सङ्घका अध्यक्ष सागर शाही, उपाध्यक्ष रोहित झा, त्रिलोक मिश्र समेत प्रदर्शनमा उत्रिएका थिए।

दूतावास भित्र गरिएको कडाइका कारण ज्ञापन पत्र समेत दूतावासको गेटमै बुझायिएको दिल्ली ने बि सङ्घ अध्यक्ष सगर शाहीले बताए ।