गोविन्द केसी फेरी अनसन बस्ने ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गोविन्द केसी फेरी अनसन बस्ने !



काठमाडौं । डा. गोविन्द केसीले सरकारसँग भएको सम्झौता बमोजिम चिकित्सा विधेयक नआए सत्याग्रह थाल्ने घोषणा गर्नु भएको छ । बुधबारदेखि १६ औँ सत्याग्रह घोषणा गरिएको छ । राजधानी दैनिकमा समाचार ।

१० साउनमा केसीसँग नौ बुँदे सहमति भएको थियो । सम्झौतामा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजको आसयपत्र प्रदान नगरिने, एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन नदिनेलगायतका सम्झौता भएक थिए । यही विषयमा सहमति हुन नसक्दा चिकित्सा विधेयक २०७५ पारित हुन सकेको छैन ।

स्वयम् शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिसिइभिटीलाई चिकित्सा शिक्षा आयोग मातहत ल्याउन नहुने बताउनु भएको छ । विधेयक पारित हुन नसकेपछि डा. केसीले फेरि अनशन बस्ने चेतावनी दिनु भएको छ ।