केसीलाई देउवाको आह्वान: अनसन तोड्नुस, मिलेर तपाइँकै नेतृत्वमा नयाँ लडाई लडौं - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

केसीलाई देउवाको आह्वान: अनसन तोड्नुस, मिलेर तपाइँकै नेतृत्वमा नयाँ लडाई लडौं



काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

आफूहरुले केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गराउन भरमग्दुर प्रयास गरे पनि संख्यात्मक हिसावले कमजोर हुँदा सफल हुन नसकिएको बताए ।

देउवाको भनाइ उद्धृत गर्दै भेटमा सँगै रहेका काँग्रेस नेता गगन थापाले अनशन तोडेर नयाँ खालको लडाइँमा होमिन सभापतिले केसीलाई आग्रह गरेको जानकारी दिए ।

थापाले  भने, ‘संसदमा विरोध गर्दागर्दै पनि चिकित्सा शिक्षा विधेयक आयो । सम्पूर्ण प्रयत्न पनि भएको छ। तर, संख्या कम हुँदा त्यसलाई रोक्न सकिएन । सरकारलाई तपाईँ (केसी) को मतलब भएन । मेरो पार्टी र आम नेपालीको मात्र चाहना तपाइँको अनशन तोडियोस् भन्ने छ । अब मिलेर तपाइँकै नेतृत्वमा नयाँ लडाई लडौं भनेर केसीलाई सभापतिले भन्नुभयो ।’

यद्यपी देउवाको आग्रहमा केसीले कुनै प्रतिक्रिया नजनाएको थापाको भनाई छ ।

केसी विगत २३ दिनदेखि १६ औं अनशनमा छन् ।