प्रचण्डले भने: कायरहरू अपदस्त हुने डरले संसद छाडेर भाग्छन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डले भने: कायरहरू अपदस्त हुने डरले संसद छाडेर भाग्छन



काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कायर भएको बताएका छन् । प्रचण्डले संसद फेस गर्न नसकेर ओली कायर झैं भागेको आरोप समेत लगाएका छन् ।

दुई समूहमा बिभाजित भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई खेमा अहिले पार्टीको बैधानिकता दाबी गर्दै छुट्टाछुट्टै भेला गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको भेला बालुवाटारमै गरेका थिए भने पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहको बैठक बबरमहलमा बसेको थियो ।

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटि बैठकलाई सम्वोधन गर्दै गर्दै प्रचण्डले संसद विघटन जस्तो प्रतिगामी कदम कायरले मात्रै गर्ने बताएका छन् । ओलीले संसद फेस गर्न नसकेर जनताले दिएको मतको अबमुल्यन गर्दै प्रक्रियाबाट नै भागेको उनको आरोप थियो ।

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘बहादुरले त सामना गर्छन, संसद विघटन गर्ने भनेको कायरले हो ।’ गलत बाटोबाट जनताको मतलाई लात हानेर अधिनायकवादी कदम चालेको भन्दै प्रचण्डले ओलीको निन्दा गरेका थिए ।

बैठकमा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई गलत कदममा साथ् नदिन सुझाव दिअका थिए ।