रुक्माङ्गद कटुवाल लामो समयदेखि अस्पतालको आईसीयूमा - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

रुक्माङ्गद कटुवाल लामो समयदेखि अस्पतालको आईसीयूमा



काठमाडौं– पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवाल लामो समयदेखि अस्पतालमा रहेको खुलेको छ । सुरक्षा स्रोतका अनुसार करिव २० दिनदेखि पूर्वसेनापति कटुवाल सैनिक अस्पताल छाउनीको आइसियुमा छन् ।

उनको स्वास्थ्य अहिले स्थिर रहेको बताइएको छ । कोरोंना संक्रमण भएपछी उनी सैनिक अस्पतालमा भर्ना बाहेक थिए । उनको अहिले आइसियुमा उपचार भैरहेको छ । उनको स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि बैसाख १ गते अस्पताल भर्ना भएको बताइएको छ ।

स्वासप्रस्वासमा समस्या भएको र उमेरको कारणले पनि उनको स्वास्थ्यमा छिट्टै सुधार आउन नसकेको बताइएको छ ।