कट्टु र गन्जीमा उपराष्ट्रपति पुन : सरसफाईमा व्यस्त (फोटो फिचर)
काठमाडौं – देख्दा आश्चर्य लाग्ला तर कालो कट्टु र सेतो गन्जी लगाएर सरसफाई गरिरहेको अवस्थामा उपराष्ट्रपति नन्दबहादुर पुन भेटिएका छन् ।
सुरक्षाकर्मी, कर्मचारीसँगै उपराष्ट्रपति पुन पनि सरसफाइमा सहभागी भएका हुन् । पुनले लौनचौरस्थित उपराष्ट्रपति कार्यालय र निवास परिसरमा शुक्रबार सरसफाइ गरेका हुन्।
उपराष्ट्रपति पुनको अगुवाइमा हरेक महिना कार्यालय वरपर सरसफाइ गरिने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। ।
तस्बिर सौजन्य : उपराष्ट्रपतिको निजी सचिवालय