पार्टीबाट निष्कासित गरिएका ऋषि कट्टेल भन्छन्: लेटरप्याड र छापको दुरुपयोग भयो - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

पार्टीबाट निष्कासित गरिएका ऋषि कट्टेल भन्छन्: लेटरप्याड र छापको दुरुपयोग भयो



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरेर आफूलाई हटाइएको कुप्रचार गरिएको दाबी गरेका छन् । पार्टीकै लेटरप्याडमा अध्यक्ष कट्टेललाई साधारण सदस्यसमेत नरहेनगरी निष्‍कासित गरिएको विज्ञप्ति जारी भएपछि अध्यक्ष कट्टेलले यस्तो दाबी गरेका हुन् ।

कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकको नाममा लोकनारायण सुवेदीले अध्यक्ष कट्टेललाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको भन्दै विज्ञप्ति जारी गरेरेका थिए ।

यस्तो छ लोकनारायण सुवेदीले जारी गरेको विज्ञप्ति

‘गत राष्‍ट्रिय सम्मेलनमा अध्यक्ष बन्न नपाएको झोक’मा पार्टीभित्रकै पूर्व संयुक्त मार्क्सवादी गुटले विधानविपरीत क्रियाकलाप गरेको उनले दाबी गरे । ‘राष्‍ट्रिय सम्मेलनमा उनीहरूको अध्यक्ष बन्ने इच्छा रहेछ । त्यसका लागि ठूलै षड्यन्त्र पनि गरे । तर, हलले सुनेन,’ कट्टेलले भने, ‘सर्वसम्मत म अध्यक्ष भएँ । उनीहरूले पैसाको चलखेलसमेत गरे । त्यस्ता गतिविधि देखिएपछि केन्द्रीय कार्यालयले कारबाही गरेपछि राजनीतिक स्टन्ड लिन लेटरप्याड र छापको दुरुपयोग गरेर मलाई नै अध्यक्षबाट निकालेको हल्ला गरेछन् ।’

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भएर घरमै आराम गरिरहेका कट्टेलले संक्रमणमुक्त हुनेवित्तिकै केन्द्रीय समिति बैठक गरेर आवश्यक निर्णय गर्ने बताए । म ओमिक्रोनसंक्रमण देखिएर घरमै आराम गरिरहेको छु । अहिले केही गर्दिनँ,’ उनले भने, ‘ठीक भएपछि केन्द्रीय समिति बैठक बोलाउँछु र यिनीहरूलाई राखेर कुरा गर्छु । बैठकमै आएनन् भने पार्टीले निष्कासित गर्छ ।’

आफू राष्‍ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष भएको भन्दै सडकमा बसेर कोही कार्यबाहक अध्यक्ष नहुने उनको भनाइ छ । कट्टेलका अनुसार गत पुस १७ मा पार्टीको महाधिवेशन जनकपुरमा भएको थियो। महाधिवेशनबाट आफू अध्यक्ष निर्वाचित भएकोले ‘गुटका नेताले कारबाही गर्दैमा कारबाही नहुने’ उनले बताए। पार्टीको नाम लिन विभिन्न शक्तिले चलखेल गरिरहेकोसमेत उनले दाबी गरे। कट्टेलले नेपाल कम्युनिष्ट पार्टी आफूहरूले दर्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाविरूद्ध सर्वोच्चमा मुद्दा दिएर जितेका थिए।