केहि प्रदेशमा एमाले भन्दा एकीकृत समाजवादी पार्टी ठुलो
काठमाडौं- पार्टी विभाजन गर्दा केन्द्रमा २० प्रतिशत पुर्याउन हम्मेहम्मे परेपनि कतिपय प्रदेशमा भने माधव नेपाल नेय्रित्वको नेकपा एकीकृत समाजवादी पार्टी संस्थापन भन्दा ठुलो बनेको छ । एकिकृत समाजवादी दुईवटा प्रदेशमा एमालेभन्दा ठूलो शक्ति हुने बन्ने भएको छ ।
देशभर अपेक्षित नेताहरू अन्तिम समयमा मोडिएर ओलीतार्फा लागेपनि प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा भने माधव नेपालको नयाँ दल एमालेभन्दा ठुलो बनेको छ । प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा नेपालको नेतृत्वको दल एमालेभन्दा ठूलो शक्ति हुने अवस्था देखिएको हो ।
एकीकृत समाजवादीकै कारण विभिन्न प्रदेशका सरकार परिवर्तन भैरहेका छन् भने प्रदेश नम्बर २ मा भने जसपाको तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतको पद सुरक्षित देखिएको छ । प्रदेश सभामा हाल कायम रहेको सदस्य संख्या एक सय चार हो । यसमध्येबाट बहुमत पुर्याउनका लागि ५३ जनाको आवश्यक पर्छ ।
प्रदेश २ मा राउतको पद सुरक्षित राख्न सुविधाजनक बहुमत पुग्छ । मुख्यमन्त्रीको दल जसपाका तयहाँ ५५ सांसद थिए । त्यसमध्ये ११ जनाले नयाँ दल लोकतान्त्रिक समाजवादी रोजेका छन् । त्यस्तै, एमालेका १९ जना सांसदमध्ये १३ जनाले एकिकृत समाजवादी रोजेका छन् । प्रदेश सभामा कांग्रेसका १९ र माओवादीका आठ जना सांसद छन् ।
सुदूरपश्चिम प्रदेश सभाबाट माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टले केही महिनाअघि मात्रै विश्वासको मत लिएका थिए । प्रदेश सभामा रहेका कुल ५२ जनामध्ये भट्टले ३० मतसहित विश्वासको मत प्राप्त गरेका थिए, जब कि २७ मत भए बहुमत पुग्छ ।