२१ पालिकाको नतिजा आयो- ८ स्थानमा एमाले र ८ मा कांग्रेस विजयी
काठमाडौं- देशभरका २१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार ८ पालिकामा नेकपा एमाले, ८ मा कांग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र तीन पालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेका छन्।
कहाँ-को विजयी?
नेकपा एमाले विजयी भएका पालिकाहरू
मनाङको मनाङ ङिस्याङ गाउँपालिका – नेकपा एमालेका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका – नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका – नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका – नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका – नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी
बझाङको साइपाल गाउँपालिका – नेकपा एमालेका मानबहादुर बोहरा विजयी
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका – नेकपा एमालेका मिङ्मा छिरी शेर्पा विजयी
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
मनाङको नार्पा भूमी गाँउपालिका – नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका – नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका – नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी
गुल्मीको रेसुंगा गाउँपालिका – खिलध्वज पन्थी विजयी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका – इन्द्रबहादुर कार्की विजयी
गुल्मीदरबार गाउँपालिका – सरोज थापा विजयी
हुम्लाको खार्पुनाथ गाउँपालिका – कर्ण बहादुर रावल विजयी
डोटीको बडिकेदार गाउँपालिका – नेपाली कांग्रेसका भैरवबहादुर साउद विजयी
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिका – नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका – नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी
नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिका – नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी
दैलेखको नौमुले गाउँपालिका – नेकपा माओवादी केन्द्रका छवि सुवेदी विजयी
बागलुङको ताराखोला गाउँपालिका – नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी