काठमाडौंमा टिपर आतंक ४ जनाले ज्यान गुमाए - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

काठमाडौंमा टिपर आतंक ४ जनाले ज्यान गुमाए



काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै पछिल्लाे एक महिनामा टिपरको ठक्करबाट ४ जनाले ज्यान गुमाए । पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार टिपर र ट्रकहरूले सडक लेन मिचेर जथाभावी रूपमा हाँक्ने प्रवृत्ति मौलाएका कारण दुर्घटना बढेको अन्नपूर्ण पाेस्टमा समाचार छ।

बुधबार मात्रै कोटेश्वर जडिबुटीको आकाशेपुलमुनि बुधबार टिपरले ठक्कर दिएर स्कुटीको पछाडि बसेकी अस्मिता भण्डारीको ज्यान लियो। रौतहट घर भएकी तर हाल काभ्रे बस्दै अाएकी २४ वर्षीया भण्डारी टिपरको ठक्करले गम्भीर घाइते भएलगत्तै मृत्यु भयाे।

जेठ ९ गते नलिञ्चोकमा टिपरकै ठक्करले तीन जनाको ज्यान गयो। टिपरले ठक्कर दिँदा दोलखा घर भई लोकन्थली बस्ने ५० वर्षीय हरिबहादुर कटुवाल, ४० वर्षीय सविता घिमिरे र उनका छोरा १३ वर्षीय अविन्द्र घिमिरेको मृत्यु भयो।