काठमाडौंको माइतीघरमा सिके राउतका कार्यकर्ताद्वारा विरोध प्रदर्शन
काठमाडौं । बर्दियाका राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएपछि माइतीघरमा सिके राउतका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन क्रममा बोल्ने अधिकांश वक्ताले हिन्दीमा सम्बोधन गर्दै उपप्रधानमन्त्री उपेन्द्र यादवको आलोचना गरेका थिए ।
वक्ताहरुले भने, ‘प्रहरी हिरासतमा मृत्यु भएकाले यसको जिम्मेवारी गृह मन्त्रालयले लिनुपर्छ र जवाफ उपप्रधानमन्त्री उपेन्द्र यादवले दिनु पर्छ ।’ वक्ताहरुले विशेष अदालत र बाँके अदालतले सफाइ दिएको व्यक्तिलाई हिरासतमा राखेर मृत्युको मुखमा पु¥याएको बताएका थिए ।
उनीहरुले स्थानीय प्रमुख जिल्ला अधिकारीलाई पनि कारबाही माग गरेका थिए । तराई मधेसकै छोरो भएर पनि उपेन्द्र यादवले एकजना मधेसी छोराको ज्यान लिएको उनीहरुको आरोप थियो । भने, ‘तराईमा के भनेर आउलान् यादव अब ?’
लेखक सिके लालले पनि प्रदर्शनपछि सम्बोधन गर्नु भएको थियो । प्रदर्शनमा बोल्ने अधिकांश नयाँ अनुहार थिए । यस्तै, तराई मधेसका युवा पुस्ताको उपस्थिति बाक्लो थियो ।
प्रदर्शनको सिके राउतको फेसबुक पेजबाट लाइभ पनि गरिएको थियो । काठमाडौंमै सिके राउत पक्षधरको यति ठूलो भेला सुरक्षा निकायका लागि चुनौति थियो ।