काठमाडौँमा बढ्यो डेंगु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काठमाडौँमा बढ्यो डेंगु



काठमाडौं – राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको समाचार आजको कान्तिपुरले पृष्ठ २ मा छापेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ ।

‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दसैंअगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमारलालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलन सुरु भइसकेको छ।’

नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए । ती विदेशी नागरिक थिए । २००६ मा चितवनमा भने यो प्रकोपकै रूपमा देखियो । २०१० मा सबभन्दा बढी ९ सय १७ बिरामी भेटिएका थिए । तीमध्ये पाँच जनाको मृत्यु भयो । विश्व स्वास्थ्यसंगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले बढेको छ ।