यो दशैंमा पनि सरकारले काठमाडौंबासीलाई 'बेवकुफ' बनायो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यो दशैंमा पनि सरकारले काठमाडौंबासीलाई ‘बेवकुफ’ बनायो



मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । तर सरकार र मातहतका मन्त्रीले दशैंमा मेलम्चीको पानि ल्याएरै छाड्ने बाचा १ महिना अगाडिसम्म गर्दै थिए । उसो त यस्ता वाचा काठमाडौंवासीले किसुनजीको पालादेखि सुन्दै र भोग्दै आएका छन् ।

सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी बताउँछन ।

सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्ग नजीक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ । गत हप्ता दैनिक २०० देखि २९४ मिटरसम्म ढलान भएको थियो । ठेकेदार कम्पनीको आन्तरिक कमजोरीका कारण काममा ढिलाइ भएकामा समस्या समाधान भइसकेकाले अबका दिनमा दैनिक सरदर २५० मिटरसम्म ढलान गर्न ठेकेदार कम्पनी सहमत भएको छ । दशैंँ र तिहारजस्ता चाडपर्वमा यसैपनि काम रोकिन्छ केहि महीना अझै लाग्ने बताइएको छ ।

तर सरकार र मातहतका सबैले आफ्नो इज्जतनै नरहनेगरी केहि दिन अघि सम्म कुनै पनि कुराको हिसाब नगरी बोलेर यो पल्ट को दशैंमा पनि काठमाडौंबासीलाई बेवकुफ नै बनाए ।

हुनत सरकारले अहिलेसम्म उल्लेख्य केहि काम गर्न सकेको छैन तर अधिकांस काम अघिल्ला सरकारले सकाएको योजना पनि समयमा पुरा गर्न नसक्नु भनेको ठिक होइन ।