‘कथा काठमाण्डु’को अर्को गीतमा पनि प्रियंकाको यस्तो पारा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘कथा काठमाण्डु’को अर्को गीतमा पनि प्रियंकाको यस्तो पारा



पहिलो गीत सार्वजनिक भएपछि चर्को आलोचनामा परेको चलचित्र ‘कथा काठमाण्डु’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका ६ पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ ।

असोजको १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत, इशान सुब्बाको शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय छ ।

संगीताकै कथा रहेको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।