काठ तस्करीमा संलग्न एकजना पक्राउ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

काठ तस्करीमा संलग्न एकजना पक्राउ



कैलाली । जिल्लाको गोदावरी नगरपालिकाबाट काठ तस्करीमा संग्लन एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१२ हलौडेका नरी बहादुर साउद काठसहित पक्राउ परेका हुन ।

साउदको घरमा अबैध चिरान काठ तथा काठको गोलियाहरु लुकाई राखेको खबर प्राप्त भएपछि बुधबार दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले काठ सहित उनलाई नियन्त्रणमा लिईएको हो ।

उनको घरमा चेकजाँच गर्दा गोठमा चिरान कडी, सिल्ली, चौपट, तक्ता र तीन थान गोलिया गरी एक सय २१ क्युफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।