काठ तस्करीमा संलग्न अध्यक्ष र सचिव पक्राउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काठ तस्करीमा संलग्न अध्यक्ष र सचिव पक्राउ



कैलालीको लम्किचुहामा सामुदायिक वनबाट काठ तस्करी गर्ने सामुदायिक वनका अध्यक्ष र सचिव पक्राउ परेका छन् ।

कैलालीको लम्किचुहा नगरपालिका ६ बावनपुरमा रहेको लालीगुराँस सामुदायिक वनबाट काठ तस्करीमा संलग्न रहेको आरोपमा सामुदायिक वनका अध्यक्ष बल बहादुर बुढा र सचिव शेर बहादुर विष्टलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागी जिल्ला वन कार्यालय कैलाली पठाइएको छ ।

यही साउन १३ गते इलाका वन कार्यालय रामपुर बौनियाको गस्ती टोलीले सुराकीको आधारमा १० वटा सालका गोलीया सामुदायिक वनका सचिव शेर बहादुर विष्टको घर नजिकै खोल्सामा लुकाई राखेको अवस्थामा फेला पारेको थियो ।

सो काठ सामुदायिक वनका पदाधिकारी र तस्करहरूको मिलेमतोमा तस्करी गरी ल्याएको र तस्करीमा सामुदायिक वनका अध्यक्ष बुढा तथा सचिव शेर बहादुर विष्टलाई पक्राउ गरेको इलाका वन कार्यालय रामपुर बौनियाका सहायक वन अधिकृत दिलीप यादवले बताउनुभयो । सो क्षेत्रमा विगत देखी व्यापक काठ तस्करी हुँदै आएको छ । २ महिना अघि पनि बावनपुरबाटै ठुलो मात्रामा काठ पक्राउ गरेको थियो ।