कास्कीको मतगणना केहीबेरमा
पोखरा । चर्चामा रहेको केन्द्र कास्की- २ को प्रतिनिधिसभाको उपचुनावमा अनुमानित ६५ प्रतिशत मत खसेको जनाएइएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । मतदातालाई त्रसित बनाउने गरि विभिन्न ४ ठाउँमा बम बिस्फोट समेत भएको थियो । तर, कुनै मानवीय क्षती भने भएको छैन ।
मत गणना पनि आजैदेखि सुरु गरिने भएको छ । जिल्ला समन्वय समितिको भवनमा राति १० बजेदेखि मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । । मत गणनाअघि ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ ।