कास्कीमा विवाद: मतगणना रोकियो
काठमाडौं । कास्की -२ को मतगणना अझै सुरु हुन सकेको छैन । मतगणना सुरू गर्ने समयमा विवाद भएकाले मतगणना रोकिएको बताइएको छ ।
सर्वदलीय बैठकले मतगणना १०:३० बजेबाट सुरु गर्ने भने पनि दलका प्रतिनिधिहरुको एक घण्टा ढिलो गरी मतगणना स्थल पुगेपछि मतगणना सुरु गर्ने तयारी भएको थियो ।
तर, मतगणना सुरु हुने बेलामा प्रतिनिधि बिच विवाद भएको छ । साढे ११ बजेबाट मत गन्ने भनेर प्रतिनिधिहरु हलभित्र गए पनी नेकपा र समाजवादीका प्रतिनिधिबीच विवाद हुँदा मतगणना सुरु हुन नसकेको हो ।
समाजवादीका प्रतिनिधि कुलबहादुर भुजेल मतगणना स्थलबाट बाहिर निकालिएको जनाइएको छ ।
समाजवादीका प्रतिनिधिले मतदान केन्द्रको मतपेटिका सिल नम्बरलगायतको विवरण माग गरेका थिए । तर, नेकपाले भने यत्तिकै मतगणना सुरू गर्नेपर्ने बताएका थिए ।