गणना गर्न बाँकी मतभन्दा विद्याको अग्रता बढी
पोखरा । कास्की – २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उमेदवार विद्या भट्टराईको जित जित्ने पक्का भएको छ ।
उनले प्रतिद्वन्दी भन्दा निकै फराकिलो अन्तर बनाउदै गएकी छन् । उनले अब गणना गर्न बाँकी आठ हजार ४३१ मत रहँदा उनले आठ हजार ५३६ मतको अग्रता भएकोले उनको जित सुनिश्चि भएको हो । अब तीनवटा वडा ८,७ र ४ को मत गन्न बाँकी छ ।
कास्की-२ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो । कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायतका २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।