कश्मीरमा भीडन्त – ५ जना मारिए
भारत– भारत प्रशासित कश्मीरमा पृथकतावादी लडाकु तथा सुरक्षाकर्मीबीच भएको भीडन्तमा ५ जनाको ज्यान गएको छ ।
दक्षिणी कश्मीरको डालिपोरा जिल्लामा भएको भीडन्तमा मारिनेमा एकजना लडाकु कमाण्डर समेत छन् । लडाकुहरु एक घरमा लुकेर बसेको आशंकामा सुरक्षाकर्मीले कारवाही गरेको र लडाकुले जवाफी फायरिङ गरेपछि भीडन्त भएको थियो । सुरक्षाकर्मीले लडाकु लुकेर बसेको भनिएको घरमा एक गैरसैनिकलाई घरभित्र जान बाध्य बनाएको र भीडन्तमा उनको समेत ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर, भारतीय सुरक्षा निकायले भने उक्त आरोप खण्डन गरेको छ । भीडन्तपछि स्थानीयले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा वर्षाएका थिए । जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । फाइल तस्बिर