कक्षा १२ को परीक्षा ३० भदौदेखि सुरु हुने
काठमाडौं- कक्षा १२ को परीक्षा मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको मिति तय गरेको छ ।
बैठकले आगामी ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। यो वर्ष करिब चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन्।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो।
यसअघि कक्षा १२ को परीक्षा जेठ २६ मा नै गर्ने तयारी समेत थियो । तर कोरोना महामारीको कारणओ सरेको परीक्षा ३१ साउनमा हुने तय भएपनि अन्तिम समयमा रद्द भएको थियो ।