गगनलाई भारी मत, कसले कति पाए
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
हालसम्म ३०० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशलाई उछिन्दै प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् ।
गगन कुमार थापा २००, प्रकाश शरण महत ९१, प्रदिप पौडेल ११०, मिनेन्द्र रिजाल ५५, राजाराम कार्की ५, विश्व प्रकाश शर्मा १०४
महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।
त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।
कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।
कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।