सभामुखले बोलाए कार्यव्यवस्था परामर्शको बैठक, एमसीसीलाई छलफलपछि कार्यसूचीमा राखिने - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

सभामुखले बोलाए कार्यव्यवस्था परामर्शको बैठक, एमसीसीलाई छलफलपछि कार्यसूचीमा राखिने



सभामुख अग्निप्रसाद सापकोटाले बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बिहान साढे ११ बजे संसद भवनको शंकर हलमा बैठक बस्नेछ । 

संघीय संसद्को बैठक भोलि दिउँसो १ बजेका लागि तय गरिएको छ । 
भोलि बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसीसीलाई राखिएको छैन ।

सभामुखनिकट स्रोतले कार्यव्यवस्था समितिमा छलफल गरेपछि नयाँ शुचि तय गरिने बताएको छ ।