करोड नाघ्यो संक्रमितको संख्या - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

करोड नाघ्यो संक्रमितको संख्या



काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संख्या एक करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनले अवस्था भयाबह भएको जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर एक करोड ७४ हजार ५ सय संक्रमित छन् । जसमध्ये मृतक संख्या ५ लाख ६ सय २५ भएको वल्डओमिटरले जनाएको छ ।

बितेको २४ घन्टामा एक लाख ७५ हजार संक्रमित थपिएका छन् । ४५ सय जना मृतक थपिएका छन् । अमेरिकामा २५ लाख ९६ हजार संक्रमित संख्या छ । त्यहाँ एक लाख २८ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा १३ लाख संक्रमितमध्ये ५७ हजारको मृत्यु भएको छ । रुसमा ६ लाख २७ हजार संक्रमित संख्या छ । त्यहाँ ८ हजार ९ सयको मृत्यु भइसकेको छ । भारतमा ५ लाख २९ हजार संक्रमित मध्ये १६ हजारको मृत्यु भइसकेको छ ।