कर्णाली प्रदेशका मुख्यमन्त्री शाही माथी ढुङ्गा प्रहार
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ्ग प्रालिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको छ ।
कार्यक्रम स्थलको अगाडि ड्यासमा बसेका मुख्यमन्त्री शाहिलाई निसाना बनाउदै हानिएको ढुङ्गा सङै बसेका डिआईजि महेश बिक्रम शाहलाई लागेको छ । ढुङ्गा प्रहार लगत्तै मुख्यमन्त्री शाहिले स्टेजमा गित गाहिरहेका गाएक रामकृष्ण ढकाललाई बिचमा रोक्दै आफ्नो छोटो सम्बोधन राखेर कार्यक्रम स्थलबाट बाहिरिएका छ्न ।
मुख्यमन्त्री शाहिमाथि ढुङ्गा प्रहार भएपछि सुरक्षा ब्यबस्था कडा पारेको छ । यो समाचार तयार पार्दा सम्म कडा सुरक्षाका बिच सांस्कृतिक कार्यक्रम चलिएहेको छ । प्रहरिले मुख्यमन्त्री शाहिमाथी ढुङ्गा प्रहार गर्नेको खोजी गरिएको जनाएको छ ।