कर्णाली प्रदेश ओली समुहमा पहिरो - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कर्णाली प्रदेश ओली समुहमा पहिरो



सुर्खेत- कर्णाली प्रदेशमा ओली समूहका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा गएका हुन् ।

उनीहरु दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् ।

अब नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् भने सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा छन् ।