अब कर्णाली प्रदेशमा अनिश्‍चितकालिन नाकाबन्दी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब कर्णाली प्रदेशमा अनिश्‍चितकालिन नाकाबन्दी



काठमाडौं – अब कर्णाली प्रदेशमा अनिश्चितकालिन नाकाबन्दी हुने भएको छ । प्रदेश विपद्‌ व्‍यवस्थापन समितिको बैठकले कर्णाली प्रदेशमा अनिश्चितकालिन नाकाबन्दी गर्ने निर्णय गरेको हो ।

अबेर गरि सकिएको प्रदेश विपद्‌ व्‍यवस्थापन समितिको बैठकले छिमेकी जिल्लाहरुको कोरोना संक्रमण बढ्न लागेपछि जोखिम बढ्ने देखिएपछि अनिश्चित कालका लागि नाकाबन्दीको समय बढाएको बताइएको छ ।

कर्णाली प्रदेशमा अब अर्को निर्णय नभएसम्मका लागि यो नाकाबन्दी जारी रहने भएको छ। तर परिस्थितीलाई मध्य नजर गरि दैनिक उपभोग्य सामान, इन्धन, बीउ, बिजन, मलखाद, माछा मासु, दानापानी, बिकास निर्माण र उद्योगका सामाानहरु बोकेका गाडीहरु भने निगरानी राखेर भित्रिन पाउने छन्।

यसअघिको नाकाबन्दीमा यी सामान मात्र होइन एम्बुलेन्स समेत रोकिएको थियो। त्यसैगरी तत्काल जिल्ला बाहिरबाट आएर सिमामा अलपत्र परेका नागरिकहरुलाई सुरिक्षत रुपमा समन्धित जिल्लासम्म पठाई अनिबार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै बिरामी, कुरुवा, किरीयापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई पनि प्रदेश आउन सहज गराउने निर्णय भएको छ।

बाँकेको नेपालगंजमा एक्कै दिन १५ जना कोराना संक्रमित देखिएपछि गत २२ गते कर्णाली प्रदेशले आफ्नो प्रदेश भित्र प्रबेश गर्ने नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो।