कर्णाली नदीमा रमाइलो गर्दा दुई युवाहरु डुबेर बेपत्ता - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

कर्णाली नदीमा रमाइलो गर्दा दुई युवाहरु डुबेर बेपत्ता



धनगढी/असोज १६  ।

दशैंको मौका छोपि कैलाली जिल्लाको चिसापानीस्थित कर्णाली नदीको पुल हेर्न गएका दुई युवाहरु  नदीमा डुबेर बेपत्ता भएका छन ।

कैलालीको टिकापुरका ति युवाहरु चिसापानीको पितमारी स्थित कर्णाली नदीमा रमाइलो गर्ने क्रममा डुबेर वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुको खोजि कार्यका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बताएको छ ।

चिसापानी कर्णली प्रहरी चौकीका अनुसार नदीमा डुबेर वेपत्ता हुनेमा टिकापुर नगरपालिका ९ बस्ने २० वर्षीय मुकुन्द न्यौपाने र २१ बर्षिय रमेश न्यौपाने रहेका छन् । उनीहरु नाताले काका भतिजा भएको समेत बताइएको छ ।

प्रहरीका अनुसार उक्त घटना आईतवार साँझ  ५ः३० बजेतिर भएको हो । घटनाको खबर पाएलगत्तै प्रहरी त्यहाँ पुगेर जानकारी लिएको बताइएको छ ।

चिसापानी प्रहरी चौकीका प्रहरी निरीक्षक धनबहादुर बोहोराले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘उनीहरु आज साँझतिर कर्णाली नदी किनारमा रमाइलो गर्न भनेर गएका रहेछन, नदीको गहिराई नाप्ने बाहनामा नदीको छेउमा पुगेका बेला पानीको भुमरीमा उनीहरु खसेको प्रारम्भिक रिपोर्टबाट खुल्न आएको छ । हामी यसबारेमा थप अनुसन्धान गरिरहेका छौं ।’