कर्णालीमा एयर एम्बुलेन्स सञ्चालन गर्न कार्यदल - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

कर्णालीमा एयर एम्बुलेन्स सञ्चालन गर्न कार्यदल



नयाँ पत्रिका : काठमाडौं ।।
आपत्कालीन अवस्थाका बिरामीको उपचारमा सहयोग पु-याउन कर्णाली प्रदेशले एयर एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि सामाजिक विकास मन्त्रालयले आइतबार कार्यदल गठन गरेको छ ।

मन्त्रालयका सचिव भक्तबहादुर ढकालको नेतृत्वमा गठित कार्यदलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र क्षेत्रीय स्वास्थ्य निर्देशनालय सदस्य रहेका छन् ।

त्यस्तै मन्त्रालयको स्वास्थ्य महाशाखाका शाखा अधिकृतलाई सदस्यसचिव तोकिएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

उनले भने, ‘बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर एअर एम्बुलेन्स सञ्चालन गर्न खोजेका हौँ ।’

आइतबार नै मन्त्री रावलले नेपाली सेना र मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग छलफल गरेका थिए । सेनासँगको समन्वयमा एअर एम्बुलेन्स सञ्चालन गरिने जनाएको छ ।

‘टेलिमेडिसिन’को सम्भाव्यता अध्ययन गरिने
कार्यदलले कर्णाली प्रदेशमा भएका अस्पतालको पनि अध्ययन गर्नेछ । आवश्यक ठाउँमा अस्पताल स्थापनाका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने जनाएको छ ।

त्यस्तै प्रदेशमा ‘टेलिमेडिसिन’को सम्भाव्यताका विषयमा अध्ययन गरिने कार्यदलका संयोजक ढकालले बताए । मन्त्रिपरिषद्को पहिलो बैठकले ‘टेलिमेडिसिन’का बारेमा सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । फाइल तस्बिर :