कर्णालीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

कर्णालीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा



सुर्खेत- कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा स्वीकृत समेत भएको छ । खनालले मुख्य न्यायाधिवक्ताबाट दिएको राजीनामा प्रदेश प्रमुखले बुधबार स्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चैत ६ गते खनाललाई संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले कार्यव्यस्तता देखाउँदै गत फागुन १३ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा रहेर काम गर्छन् ।