कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । थपिएका दुई मन्त्रीले आज सपथ लिएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट सहभागी भएका हुन् ।