कर्ण मल्लले देउवालाई भने- आदरणीय दाजु, तपाईँलाई पीडाका दिएकोमा क्षमा दिनुहाेला - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

कर्ण मल्लले देउवालाई भने- आदरणीय दाजु, तपाईँलाई पीडाका दिएकोमा क्षमा दिनुहाेला



साधारण सदस्य समेत नरहने गरी नेपाली कांग्रेसबाट निष्कासनमा परेका नेता कर्ण मल्लले अब आफू न्यायका लागि देवरूपी जनताका बीचमा जाने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अब आफू कांग्रेस सभापति शेरबहादुर देउवाले प्रताडित पारेका नेता कार्यकर्तालाई साथमा लिएर न्यायका लागि जनतामा जाने बताएका हुन् । उनले अहिलेसम्म ‘आफ्ना कारण देउवाले पाएको पीडा’का लागि क्षमा पनि मागेका छन् ।

‘परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम, मेरा कारण हजुरले पाउनुभएको पीडाका लागि क्षमा दिनु होला । मलाई दोस्रो पटक राजनीतिक घर र हजुरको मनबाट निकाल्नु भएकोमा स–धन्यवाद आभार व्यक्त गर्दछु’, मल्लले भनेका छन्, ‘म अब पीडाकैबीच तपाईंबाट प्रताडित साथीहरूसँगै न्यायका लागि देवरूपी जनताका बीचमा जाँदैछु ।’

पार्टीहित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै कांग्रेसले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका नेता मल्ललाई पार्टीबाट निष्कासन गरेको थियो ।