काँग्रेसले मधेसमा सङ्गठन मजबुद बनाउन सकेन भने काँग्रेसको अस्तित्व मेटिन्छ
कर्ण बहादुर अधिकारी मकाउ,चीन।
जननायक बीपी कोइराला,गिरिजा प्रसाद कोइराला लगाएतका कयौ कांग्रेसी नेताहरूको जन्म भूमि र कर्मभूमि मधेस त्यही भूमिले नेपाली काँग्रेसलाई नेपाली माटोमा साथै नेपालको भूगोलमा उदय गराउनका लागि गहन भूमिका निबारण गरेको थियो।नेपाली काँग्रेसलाई सदा सर्बदा विजयको माला पहिराउनका लागि मधेसका जनता सघै आतुर देखिन्थे र आज सम्म पनि त्यो अवस्थालाई कायम गराई रहेका छन् तर आज त्यही भूमिका विषयमा विभिन्न खाले तर्क बितर्क आई रहदा यस विषयमा नेपाली काँग्रेस पार्टी गम्भीर भएर वास्तविकतामा अडिग रहेर उभिन जरुरी छ।
नेपाली काँग्रेसको इतिहासलाई पल्टाएर हेर्ने हो भने जन नायक बीपी कोइरालाले राणा शाशक विरुद्ध चालेका कदमहरू बिराटनगरबाट सुरु भएर पार्टी स्थापना गराई २००७ सालको आन्दोलनलाई सफलताको शिखरमा पुराएर राणा शाशक विरुद्ध लडाई लड्दै प्रजातन्त्रलाई नेपाली जनता सामु पस्किन सफल भएका थिए।आज यसै सन्दर्भमा वास्तविकतामा अडिएर केही कुरा गरौँ।
नेपालमा बहुदलीय व्यवस्था सुरु भए पछि काँग्रेसलाई खम्बाको रूपमा स्थापित गर्नका लागि मधेस र मधेसी जनताको ठुलै योगदान रहेको कुरा हामी नकार्न सक्दैनौ २०४६ साल अगाडी पनि मधेस र मधेसी जनताको सहयोग र सदभाब नभएका होइन तर अहिलेको समयमा काँग्रेसको मधेसमा संरचना डगमगाएको हो की भन्ने आभास हुँदै छ।त्यो आभास हुनु स्वभाबिकै पनि हो।मधेसी जनताको हक हितका लागि मधेशबादी दलहरूले २०७२ सालको संविधान प्रति बिमति जनाउदै विभिन्न आन्दोलन गरे पनि स्वर्गीय सुशील कोइरालाले मधेसी दलहरूसँग समन्वय गर्दै संविधान जारी गरेका थिए तर आज त्यही संविधान संशोधन हुनु पर्छ भन्दै मधेसको मसिया हुँ भन्नेका जमातले भारतको अन्धभक्त भएर विभिन्न मागहरू राखी विरोध गरी रहेका छन्।मधेसमा रहेका सबै मधेसी भूमि पुत्रहरू मधेशबादी दलहरूको माग प्रति सहमत छैनन्।उनीहरू देशका रक्षाका लागि दिलो ज्यान दिएर खटिई रहेका छन्।केही समय अगाडी सीमाको विषयमा विवाद हुँदा तराईमा भएको घटना ज्वलन्त उदाहरण हो।
२०७० सालको संविधान सभा चुनावमा मधेसका जिल्लाहरूबाट नेपाली काँग्रेसले आफ्नो बर्चस्व कायम गरेको थियो।नेपाली काँग्रेसले मधेसबाट विजयी भएको जिल्ला र क्षेत्रहरू यस प्रकार छन्:- झापा-२ सुधिर कुमार शिवाकोटी,झापा-३ कृष्णप्रसाद सिटौला,झापा-५ केशव कुमार बुढाथोकी, मोरङ-३ दिलीप खवास,मोरङ-५ अमृत कुमार अर्याल,मोरङ-६ महेश आचार्य,मोरङ-७डा.शेखर कोइराला,मोरङ-९ डिग बहादुर लिम्वू,सुनसरी-४ सिताराम महतो,सप्तरी-५ तेजुलाल चौधरी,सप्तरी-६सुरेन्द्र प्रसाद यादव,सिराहा-१ पदमनारायण चौधरी,सिरहा-३ श्रीमती सितादेवी यादव,सिरहा-४ रामचन्द्र यादव,सिरहा-६ डा. गणेश मण्डल धनुषा-१ दिनेश प्रसाद प्रसैला यादव,धनुषा-२ रामकृष्ण यादव,धनुषा-३विमलेन्द्र निधि,धनुषा-५ डा.चन्द्रमोहन यादव,धनुषा-६ प्रेम किशोर प्रसाद साह,महोत्तरी-२ श्रीमती किरण यादव,महोत्तरी-६ सिताराम भण्डारी,र्सलाही-२ रामचन्द्र चौधरी,र्सलाही-६ अमरेशकुमार सिंह, रौतहट-५ सुनिलकुमार यादव(जितेन्द्र),बारा-१ रामअयोध्या प्रसाद यादव,बारा-२राधेचन्द्र यादव,बारा-३फरमूल्लाह मंसुर,पर्सा-१राजेन्द्र अमात्य,पर्सा-४सुरेन्द्रप्रसाद चौधरी,बाँके-३ सुशील कोइराला,वर्दिया-२सञ्जयकुमार गौतम रहेका छन्।
यसरी विगतका दिनहरू देखि नै नेपाली काँग्रेसले मधेसमा आफ्नो बर्चश्व कायम गरी आई रहेको अवस्थामा वर्तमान समयमा भने केही कठिन परिस्थिति सृजित हुन्छ की भन्ने आभास भएको छ।यसरी आभास हुनुका विविध कारणहरू छन्।जुन यस प्रकार छन्:-
१.नेपाली काँग्रेस पार्टीले मधेसमा जागरण सभालाई तीव्रता दिन नसक्नु।
२.संसदीय चुनाव र संविधान सभा चुनावमा जनता माझ गरेका प्रतिबद्धताहरूलाई पुरा गर्न नसक्नु।
३.सिके राउत जस्ता देश द्रोही र बिखण्डनकारीहरूको बर्चश्व कायम हुँदै जानु ।
४.देश एमाले मयी हुँदै जानु।केपी ओलीका उखान तुक्का र खोक्रो राष्ट्रबादको प्रभाव जनतामा पर्दै जानु।
५.परा पूर्व काल देखि मधेसमा जन्मी हुर्केका नेपाली नागरिकको वास्तविक समस्याहरूलाई समाधान गर्न नसक्नु।
६.मधेसमा हुनु पर्ने विकासका पूर्वधारहरूमा काँग्रेसका नेतृत्व र विगतका काँग्रेसको सरकारले जिम्मेवारी लिन नसक्नु र विकास नहुनु।
यी त भए तत्काल देखिएका कुराहरू अब काँग्रेसले यी सबै कुराहरूलाई मध्य नजर राख्दै जनता माझ पुग्न सक्यो भने सफलता हात पार्न सक्ला यदि ध्यान दिन सकेन भने काँग्रेस मधेसबाट ढल्ने अवस्था सृजित हुन सक्छ।काँग्रेस मधेसबाट ढल्नु भनेको काँग्रेसको अस्तित्वमा गम्भीर चोट पुग्नु हो भन्न सकिन्छ त्यस कारण काँग्रेसका हाल नेतृत्वमा रहेका नेतृत्वदायी भूमिका खेल्नेहरूले बुझ्न जरुरी छ।