यस्ता छन् कारणहरु हामी काँग्रेसी हुनुमा ! - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

यस्ता छन् कारणहरु हामी काँग्रेसी हुनुमा !



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

विक्रम संबत २००३ सालमा स्थापना भएको नेपालकै पुरानो पार्टी नेपाली काँग्रेस विगतका दिनमा अझै भनौ २०६२/६३ को आन्दोलन अगाडी प्रजातन्त्रको मेरुदण्डको रूपमा नेपाली जनता सामु प्रस्तुत भएको पार्टी हो।आज त्यही धारको काँग्रेस लोकतन्त्रमा विश्वास राख्दै अगाडी बढी रहेको छ।यसै पुरानो पार्टी काँग्रेसको बफादार कार्यकर्ता बनी तपाईँ म जस्तै ७० लाख भन्दा बढी नेपाली नागरिकहरू काँग्रेसको चार तारे झन्डा मुनि गोल बद्ध भएर अनबरत रूपमा लागि रहेका छौ।चाहे पार्टी हाक्ने वर्तमान समयका सभापति देउवा होस चाहे हामी जस्ता कार्यकर्ता नै किन नहोस सबैलाई पार्टीको नीति,विधान र तपाईँ हामी जस्ता कार्यकर्ता बिच एक आपसमा मित्रबत सम्बन्धले एकतृत गरेको छ।पार्टीको मूल मन्त्र राष्ट्रियता,लोकतन्त्र र समाजवाद तीन वटा शब्दको घेरामा हामी बाधिएका छौ।

काँग्रेसको केन्द्र देखि स्थानीय तह सम्मका कार्यकर्ताहरूलाई हामी किन र के का लागि नेपाली काँग्रेसको बफादार कार्यकर्ता बन्यौ भनेर बुझ्न जरुरी छ।हामीहरू किन कम्युनिस्ट भएनौ? किन अन्य पार्टी भएनौ? भन्ने विषयमा जब सम्म हामी गम्भीर हुँदैनौ तब सम्म हाम्रा लक्ष्य र बाटाहरू अधुरो हुन सक्छ।अब हामी यसै विषयमा चर्चा गरौँ।हामी नेपाली काँग्रेस बन्नुको कारणहरू:-

१.नेपालको भौगोलिक बनावट,विभिन्न धर्म,विभिन्न जात जाती र यस नेपाली भूमिमा रहेका नेपाली जनताको वास्तविक जीवनलाई वास्तविक रूपमा पहिचान गरी जनताको भावनालाई कदर गर्दै जननायक बिपी कोइरालाले तयार पार्नु भएको नीति “समाजवादलाई” राम्ररी अध्ययन गरी ती माहान हस्तिहरू बीपी कोइराला,शुवर्ण सम्शेर,गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई,गिरिजा बाबु,सुशील कोइराला लगाएतका नेतृत्व पंक्तिहरूको राजनीति सदभाव र सहकार्यले नै हामी काँग्रेस बनेका हौ।

२. यसै प्रक्रियालाई निरन्तरता दिनका लागि वर्तमान समयका हस्तिहरू पार्टी सभापति शेर बहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,प्रकाशमान सिंह,कृष्ण सिटौला,सशांक कोइराला,कुल बहादुर गुरुङ,डा.राम शरण महत,अर्जुन नर्सिह केसी,बिमलेन्द्र निधि लगायतका युवा पिढीका युवा नेताहरूको त्याग र निष्ठाबाट नै उत्प्रेरीत बनी हामीले निरन्तरता दिई रहेका छौ।

३.नेपालको राजनीति इतिहासको पानालाई पल्टाएर हेर्दा हरेक नेपालको राजनीति कालखण्डमा महत्त्वपूर्ण भूमिका निवारण गरी नेपाली जनताको हक अधिकारलाई सुनिश्चितता गराई जनता सामु प्रस्तुत भएको पार्टी जुन पार्टीले चाहे त्यो राणा शासन अन्त्य गराउन होस वा पंञ्चायत र राजतन्त्रको अन्त्य गराई लोकतन्त्र स्थापना गराउन नै किन नहोस सबैमा गौरबशाली भूमिका निभाएकै पार्टी भएर नै काँग्रेस बनेका हौ।

४. नेपाली काँग्रेसको झन्डा र त्यसमा रहेको चार ताराको महत्वलाई बुझेर नै काँग्रेस बनेका हौ।जन नायक बीपी कोइरालाको दुरदर्शीताका कारण तपाईँ म जस्ता ७० लाख नेपाली जनताले काँग्रेस रोजेका छन्।काँग्रेस नेपालको भूगोलमा यहाँकै हावा पानी र जनजीवनमा जन्मिएको पार्टी हो।यस पार्टीको कुनै पनि विदेशी पार्टीको नीति सँग मेल खादैन।कम्युनिस्टका जस्तो माक्स वाद,लेनिन वाद र माओबाद भनेर अरू देशका नेताको भावनालाई आत्मसात गरेको पार्टी होइन काँग्रेस,जसको जोत उसकै पोत भन्ने नारा दिएर किसान र मजदुरका हितका लागि स्थापना भएको पार्टी भएकै कारण काँग्रेस बनेका हौ।

५.देशमा राजनीति क्रान्तिसंगै आर्थिक क्रान्ति पनि हुनु पर्छ भनी ३० बर्से निरङ्कुश पञ्चायति व्यवस्थाको अन्त्य सँगै बहुदलीय प्रजातन्त्र आए सँगै विकासको संबाहक बनेर नेपाली जनता माझ लोक प्रिय बनेको पार्टी भएर नै काँग्रेस बनेका हौ।देशको अर्थनितिले सही मार्ग काँग्रेसकै पालाबाट नै लिएको थियो।यसमा प्रमुख भूमिका पूर्व अर्थ मन्त्री डा.रामशरण महतले खेल्नु भएको थियो।नेपाली जनताका लागि आवश्यक भौतिक साधनहरूको निर्माण कार्य काँग्रेसकै पालामा भएको थियो।पछि माओवादी द्वन्दका कारण अतुल्नीय क्षेति राष्ट्रले बेहोर्नु परेको कारण विकास निर्माण कार्यहरू रोकिएको थियो।यस्तो अवस्थामा पनि काँग्रेसले खेलेको भूमिका कै कारण हामी काँग्रेस बनी रह्यौ।

यसरी हामी हरू काँग्रेसी त बन्यौ तर हाम्रो पार्टी भित्र पनि व्यक्तिगत स्वार्थमा लुटपुटिएकाहरूको जमात र फरीयाको साइनोको उल्झनमा पर्नेहरूको जमातका कारण पार्टीलाई धमिल्याउन खोजेको चाहिँ पक्कै हो तर हामी यस्ता विषयमा सजग भने हुनै पर्छ।जब सम्म हामी सजग हुँदैनौ तब सम्म यस्ता बिचार बोकेकाहरूको जमात सल्बलाई रहने छन्।राजनीति क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको पार्टीले आर्थिक क्रान्तिलाई पनि मध्यनजर राख्दै जनता नै जनार्दन हुन भन्ने भावनालाई नेताहरूले भुल्नु हुँदैन।जनताको समस्यासंग जुद्धै समस्याको समाधानको पोको खोल्न सक्ने नेता हुनु जरुरी छ।निस्स्वार्थ भावना लिएर काँग्रेसको राजनीतिमा प्रवेश गर्न सकियो भने मात्र जनताको मन मष्तिष्कमा प्रवेश गर्न सकिन्छ।जनता र समाजका हितका लागि नै भनेर जन्मिएको काँग्रेस समाज र जनताकै लागि खटिनु पर्दछ।काँग्रेसले जे बोल्छ त्यो पुरा गर्छ भन्ने गिरिजा बाबुको नीति र उहाँले हर हमेसा भन्नु हुने “सहमति र सहकार्य” भन्ने वाक्यलाई हामी काँग्रेसी हुँ भन्नेले मनन गर्न सक्नु पर्दछ।

जय नेपाल।