सिंहदरबारकै कर्मचारीले मोटरसाइकल चोरेपछि….
काठमाडाैं । सिंहदरबारभित्रै चोरको बिगबिगी हुन थालेका छ । मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारी मोटरसाइकल चोरी गर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन् ।
महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेपछि दिनेशलाई दिएको खुलेको थियो । उनीहरूलार्इ इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै १ चैतमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।