कर्मचारी भर्ना मा अनियमितता : ३ घन्टा पछि खुल्यो स्वस्थ्य चौकीमा लगाएको ताला - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

कर्मचारी भर्ना मा अनियमितता : ३ घन्टा पछि खुल्यो स्वस्थ्य चौकीमा लगाएको ताला



किशोर तामाङ

कञचनपुर । कञचनपुर को पुनर्वास नगरपालिका वडा नं १ स्थित कालीका स्वस्थ्य चौकीमा कर्मचारी नियुक्ति मा अनियमितता भएको भनी तालाबन्दी गरेको छ । तालाबन्दी भएको ३ घन्टा पश्चात सो ताला खोलिएको छ ।

इलाका प्रहरी कार्यालय, त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बम को नेतृत्वमा आएको सुरक्षाकर्मी को टोलिले बन्दकर्ता सग समन्वयन गरी अस्पताल जस्तो समवेदनशील ठाउँ यसरी बन्द गर्न नहुने बरु प्रचलित नियम कानुन आनुसार समस्याको समाधान गर्नुपर्ने भन्दै बन्दकर्ता लाई सुझाए पछि ताला खोलिएको हो ।

बन्दकर्ताले भने प्रक्रिया बिपरित नगरपालिका ले आफनो मनोमानी बिज्ञापन नगरी कर्मचारी भर्ना गरेको आरोप लगाएका छन् । स्वस्थय समन्वयन समितिले आफ्नों नजिकको मान्छे भर्ना गर्नका लागी बिज्ञापन नै नगरी कर्मचारी नियुक्ति गरिएकोले आफुहरु माथि अन्यय भएको स्थानिय रोमी तामाङ ले आक्रोस व्यक्त गरेकी छिन् ।

गत चैत्र मसान्तमा १ ल्याब र १ आ हे वा को दरबन्दी खुल्ला रहेको मा प्रतिस्पर्धा गर्न दरखास्त आहवान गरिएको थियो । सो दरबन्दी मा ल्याब तर्फ ६ जना र अ.हे.वा.मा ६ जना गरी १२जनाले दरखास्त दिएका थिए । तर नगरपालिका ले बिविध प्रविधिक कारण देखाउँदै उक्त दरबन्दी रद्द गरिएको थियो । तर आषाढ पहिलो साता २ जना कर्मचारी यस स्वस्थ चौकीमा एक्कासी खटाए पछि स्थानीय निवेदकहरु आक्रोसित बनेका छन् ।

सो रिक्त रहेको अस्पताल को ल्याब र आ.हे.वा.मा समिति को निर्णय आनुसार दैनिक ज्यालादारीमा दुई जनालाई अस्थाई रुप्मा राखेको कालिका स्वस्थ्य चौकी प्रमुख जयबन्धु अर्यालले जानकारी दिनुभयो । स्थानीय हरुले भने निर्णय तुरुन्त नसच्याए थप आन्दोलन गर्ने स्थानिय महेन्द्रा चौधरी ले बताए । पावर छ भन्दैमा अस्पताल जस्तो सम्बेदनशील ठाउँमा मनोमानी प्रतिस्पर्धा नै नगराई पठाउने काम तुरुन्त रोक्नु पर्छ । नगरपालिका र सरोकारवाला निकाय मा बारम्बार यस बिषयमा ताकेता गर्दा पनि सुनुवाइ नभएपछि ताला बन्दी गर्न बध्य भएको स्थानिय धन मायाले बताउनुभयो । यस बिषयमा पहल गरिदिन आनुरोध गर्दै सो कुराको सुनुवाई नभए बिरोध र चर्को आनदोलन गर्ने चेतावनी प्रशासनलाई दिएको छ ।

स्थानीय निकायमा कर्मचारी भर्ना गर्दा प्रकियाबद्ध र नियामसम्बद्ध निष्पक्ष ढंगबाट हुन जरुरी छ र यस तर्फ सम्बन्धित सरोकारवाला को ध्यान जना जरुरी देखिन्छ ।