अब कर्मचारीसँग करार सम्झौता हुने - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

अब कर्मचारीसँग करार सम्झौता हुने



काठमाडौं । सरकारले उच्च पदमा कार्यरत कर्मचारीसँग करार सम्झौता गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट सरकारले उच्च पदमा कार्यत कर्मचारीहरुसँग करार सम्झौता गरी कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउने भएको हो ।

‘‘उच्च पदमा कार्यरत कर्मचारीहरुसँग करार सम्झौतागरी करारका शर्तहरुलाई कार्यसम्पादन मूल्याङ्कनको आधार बनाइने छ,’’ आगामी आर्थिक वर्षको वजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भने ।

उनले कार्यसम्पादनका आधारमा हरेक वर्ष कर्मचारीको करार सम्झौता नविकरण गरिने जानकारी दिए । अर्थमन्त्रीका अनुसार आयोजना प्रमुखको कार्यसम्पादन ९० प्रतिशतभन्दा कम भएको अवस्थामा बाहेक निजलाई अन्यत्र सरुवा गरिने छैन ।